Like us!
Follow us!
Connect us!
Watch us!

हेटौंडामा गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि

निशा हुमाँगाई

बुधबार, १४ जेठ २०७७, १३ : ३२ मा प्रकाशित

हेटौंडामा गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि

अर्थ संसार काठमाडाैं -  हेटौंडामा पनि थप एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।  हेटौंडा १ चौकीटोलकी २५ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिएका छन् ।

उक्त महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनी बस्दै आएको घर सिल गरेर सतर्कता अपनाइएको पनि नेपालले बताएका छन् । 

उनी गत जेठ ९ गते चितवनबाट हेटौंडा आएकी थिइन् । उनको आरडीटी परीक्षण नेगेटिभ देखिए पनि पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको हेटौंडा अस्पतालका डाक्टर प्रविण श्रेष्ठले जानकारी दिएका छन् । हाल उनलाई हेटौंडाबाट चितवनको भरतपुर अस्पताल लगिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको