Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार कोरोनालाई जितेर घर फर्किए थप २८ जना संक्रमित

निशा हुमाँगाई

बुधबार, १४ जेठ २०७७, १७ : १० मा प्रकाशित

बुधबार कोरोनालाई जितेर घर फर्किए थप २८ जना संक्रमित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसबाट संक्रमित थप २८ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या १८३ पुगेको छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार एकैदिन थप २८ जना डिस्चार्ज भएका जानकारी दिएका छन् । 

डिस्चार्ज हुनेहरुमा नारायणी अस्पताल वीरगञ्जबाट २१ जना, कोशी अस्पताल विराटनगरबाट ४ जना, भेरीस्थित सुशील कोइराला प्रखर अस्पताल बाँकेबाट २ जना र बर्दियाबाट १ जना रहेका छन् । 

उनीहरूको पछिल्लो समय गरिएको कोरोना परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएपश्चात डिस्चार्ज गरिएकाे हाे । उनीहरु ११ देखि १४औं दिनको अविधमा कोरोना जित्न सफल भएका पनि प्रवक्ता देवकाेटाले बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको