Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा अब्बल बन्दै नेपाल हाइड्रो, ६० प्रतिशतले बढ्याे नाफा

निशा हुमाँगाई

बुधबार, १४ जेठ २०७७, १५ : ०० मा प्रकाशित

नाफामा अब्बल बन्दै नेपाल हाइड्रो, ६० प्रतिशतले बढ्याे नाफा

अर्थ संसार, काठमाडौं – नेपाल हाइड्रो डेभलाेपर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले खुद नाफा ३ करोड २२ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ६०.४८ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले २ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीकाे सञ्चालन मुनाफा पनि ९३ लाख ४ हजार रुपैयाँले बढेर ७ करोड ६४ लाख ८४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीकाे सञ्चालन मुनाफा ६ करोड ७१ लाख ८० हजार रुपैयाँ रहेको थियो । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २६ करोड रुपैयाँ, जगेडा कोषमा ५ करोड २९ लाख रूपैयाँ, प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३९ पैसा र प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ३६ पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5ece2fdb75398.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको