Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

निशा हुमाँगाई

विहीबार, १५ जेठ २०७७, ०९ : ०९ मा प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

अर्थ संसार, काठमाडौं – नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । 

बुधबार अपरान्ह ललितपुरकाे किस्ट अस्पतालमा निधन भएका व्यक्तिमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । कलेजोको रोगका कारण किस्ट अस्पताल ललितपुरमा भर्ना भएका ललितपुर महानगरपालिका २२ बुङमतीका ५७ वर्षीय पुरुषको मृत्यु भएकाे हाे । 

मृत्यु भएका उनकाे कोरोना रिपाेर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले जानकारी दिएका छन् । रिपाेर्ट पोजेटिभ आएपश्चात किस्ट अस्पताललाई उच्च निगरानीमा राखिएको पनि उनले बताए ।  

त्यसैगरी, यस बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक घोषणा गर्न भने बाँकी  नै छ । यसअघि पनि नेपालमा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भइसकेकाे छ । सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका १–१ जना गरी चार जनाको मृत्यु भएकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको