Like us!
Follow us!
Connect us!
Watch us!

दुई महिनापछि तोकियो सुनको मूल्य, तोलाको कति ?

निशा हुमाँगाई

विहीबार, १५ जेठ २०७७, १२ : ४२ मा प्रकाशित

दुई महिनापछि तोकियो सुनको मूल्य, तोलाको कति ?

अर्थ संसार, काठमाडौं – विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरस (काेभिड-१९) ले गर्दा विगत दुई महिनादेखि नताेकिएकाे सुनकाे मूल्य आजबाट निर्धारण हुन थालेको छ । 

यसअघि अर्थात मूल्य ताेकिएकाे अन्तिम दिन चैत्र १० गते तोलाको ७७ हजार कायम रहेकाे सुनकाे मूल्य आज (बिहीबार) प्रतितोला ८६ हजार एक सय रुपैयाँ तोकेको कायम रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य भने प्रतिताेला ८ सय ९० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

त्यस्तै, उक्त मूल्य नेपाली बजारमा हालसम्मकै उच्च रहेकाे छ । दुई महिनासम्म सुनको मूल्य नतोक्दा अन्योल भएकाले बुधबार सुनको नयाँ मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको