Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता मैत्री बजेट आउन सकेन, सेयर बजारको लागी ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’

राधा पोखरेल

शुक्रबार, १६ जेठ २०७७, ०८ : ४१ मा प्रकाशित

लगानीकर्ता मैत्री बजेट आउन सकेन, सेयर बजारको लागी ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’

अर्थ संसार, काठमाडौं -शेयर बजारको लागी आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मत’ भने झै भएको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेलले बताएकी छिन् ।

आगामी आ. ब. देखि डिलरशिपको ब्यबस्था गरेको भन्दा बाहेक एउटा पनि पूँजीबजारको विकाश र बिस्तारको लागी कार्यक्रम यो बजेटमा नपरेको पोखरेलको बुझाई छ ।

विधुतिय कारोबारको दायरा बिस्तार गरिने भन्ने चालु आ.ब. मै भएको ब्यबस्थाको लागी थप समय खर्चेको र  आगामी बर्षको बजेटबाट आम लगानीकर्ता लाभान्वित हुने नदेखिएको र महत्वकाक्षी बजेट रहेको बताइन। 

पोखरेल भन्छिन "कम्तिमा केहि महिनाको भए पनि निश्चित अंकसम्म ऋणको ब्याज मिन्हा गरिदिएर अर्थात अहिलेको संकटको समयमा आर्थिक प्याकेज घोषणा गरेर मल्हम पट्टी लगाउने काम हुनेछ र सेयर लगानीकर्तालाई ढुक्कको बाताबरण बन्नेछ भन्नेमा हामि आशावादी थियौं । दु:खका साथ भन्नु पर्दा अर्थतन्त्रको ऐना मानिने सेयर बजारलाई बजेटले प्राथमिकतामा राख्न नसकेको देखियो । लगानीकर्ता मैत्री बजेट आउन सकेन ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको