Like us!
Follow us!
Connect us!
Watch us!

विचार गराैँ कोरोनालाई मात्र ध्यान दिँदा डेङ्गुले सताउला !!!

निशा हुमाँगाई

आइतबार, १८ जेठ २०७७, ०७ : ४३ मा प्रकाशित

विचार गराैँ कोरोनालाई मात्र ध्यान दिँदा डेङ्गुले सताउला  !!!

अर्थ संसार काठमाडाैं - कोरोनालाई मात्र ध्यान दिँदा डेङ्गुकाे जाेखिम बढ्ने भएकाे छ । हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ ।

म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो । यो सँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । तीमध्ये नौ जना निको भएर घर फर्किएका छन् ।

बरङ्जाबाट उपचारका लागि बेनी अस्पताल आएकी ती बालिकामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए । उनका अनुसार बालिकामा उच्च ज्वरो आउने, शरीर दुख्ने तथा जोर्नी दुख्नेजस्ता समस्या देखिएको छ । सङ्क्रमित बिरामीलाई थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिएका छन् ।

लामखुट्टेको टोकाइबाट डेङ्गु सङ्क्रमण हुने भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमृत अधिकारीले फोहर र पानी जम्ने ठाउँ सफा गर्न सुझाव दिएका छन् । वर्षात्को समय शुरु भएसँगै गर्मीमा लामखुट्टे सक्रिय हुने भएकाले पानी जम्ने विभिन्न ठाउँ, टायर र गमलालगायतको विशेष सफाइमा ध्यान दिनुपर्ने उनको भनाइ छ । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको