Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण आज उपत्यकाकाे यी ठाउँमा दिनभर बत्ती जाँदै

निशा हुमाँगाई

आइतबार, १८ जेठ २०७७, १० : ४२ मा प्रकाशित

यसकारण आज उपत्यकाकाे यी ठाउँमा दिनभर बत्ती जाँदै

अर्थ संसार, काठमाडौं – आज (आइतबार) काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा बत्ती जाने भएको छ । काठमाडौं उपत्यकाका दर्जन बढी स्थानमा आज विजुली आपूर्ति नहुने भएको हाे ।

कुलेश्वर वितरण केन्द्र अन्तर्गतको कलंकीदेखी ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखी रामकोटसम्मको सडक विस्तार कार्यको लागि लाइन स्थानान्तरण कार्य तथा भिमढुंगा ११ केभि स्वीच जडान कार्य गरिने भएकाले आइतबार ११ बजेबाट साँझ ५ बजेसम्म बजेसम्म बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएकाे छ ।

यसैगरी, नेपाल विद्युत प्राधिकरणले दिएकाे जानकारी अनुसार यस फिडर अन्तर्गतका बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलकत्रा फ्याक्ट्री, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायतका क्षेत्रहरुमा बत्ती जाने भएको हाे ।

त्यस्तै, काम निर्धारित समय अगावै सकियाे भने ताेकिएकाे समयभन्दा अगाडि नै बत्ती आउनसक्ने समेत प्राधिकरणले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको