Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनालाई जितेर फर्किए थप १२ संक्रमित

निशा हुमाँगाई

बुधबार, २१ जेठ २०७७, १७ : २५ मा प्रकाशित

कोरोनालाई जितेर फर्किए थप १२ संक्रमित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज (बुधबार) कोरोना भाइरसबाट संक्रमित थप १२ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या २७८ जना पुगेको छ । जसमध्ये २२२ जना पुरूष र ५६ जना महिला रहेका छन् । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १२ जना डिस्चार्ज भएका जानकारी दिएका हुन् । 

डिस्चार्ज हुनेहरूमा टेकु अस्पतालबाट काठमाडौंका ६९ वर्षीय एक जना पुरुष, त्रिवि शिक्षण अस्पतालबाट कपिलवस्तुकी ६ वर्षिय बालिका, जनकपुर अस्पतालबाट पाँच जना, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबाट रौतहट ३४ वर्षीय पुरुष र बुटबलबाट ४ जना रहेका छन् । 

5ed78cf330359.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको