Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकद्वारा प्रदेश ५ लाई आर्थिक सहयोग प्रदान

निशा हुमाँगाई

बुधबार, २१ जेठ २०७७, १८ : ५४ मा प्रकाशित

ग्लोबल आइएमई बैंकद्वारा प्रदेश ५ लाई आर्थिक सहयोग प्रदान

 अर्थ संसार, काठमाडौं - ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरूद्धको अभियानमा प्रदेश नं. ५ सरकारलाई नगद २५ लाख रूपैयाँ सहयोग गरेको छ ।

 बुधबार एक कार्यक्रमकाबीच बैंकको प्रदेश नं. ५ का नायव प्रदेश प्रमुख दिलिप डाँगीले प्रदेश नं. ५ सरकारका माननीय मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । 

यसैगरी, उक्त कार्यक्रममा बोल्दै माननीय मुख्यमन्त्री पोखरेलले कोरोना भाईरस (कोभिड –१९) विरूद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण रहने उल्लेख गर्दै बैंकलाई धन्यवाद दिएका छन् ।

कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरूद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएको छ ।    

त्यस्तै, बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरूमा सहयोग गर्दै आएको छ र आगामी दिनहरूमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जानेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको