Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना जितेर घर फिर्ता भए थप ७ जना

निशा हुमाँगाई

शनिबार, २४ जेठ २०७७, १० : ११ मा प्रकाशित

कोरोना जितेर घर फिर्ता भए थप ७ जना

अर्थ संसार, काठमाडौं – कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् ।

पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना रोग सम्पर्क व्यक्ति डा केएन पौडेलले जानकारी दिएका छन् । कोरोना रोग निको भएर घर फर्कनेमा दैलेख महाबु गाउँपालिकाका एक र छ जना सुर्खेतको रहेका छन् ।

डिस्चार्ज हुनेहरुमा वीरेन्द्रनगर नगरपालिका–१ धारापानीका १६ वर्षीय उमेश कठायत, वडा नं ३ तातापानीका २६ वर्षीय यामराज सोनी, वडा नं ८ का १७ वर्षीय लक्ष्मण राना, वडा नं ४ का ३७ वर्षीय धनबहादुर बस्याल, वडा नं ९ लाटीकोइलीका ११ वर्षीय रमेश सुनार र महाबु गाउँपालिका–१ दैलेखका २६ वर्षीय दीपक सावन रहेका छन् । एक महिलाको नाम र ठेगाना नखुलेको अस्पतालले जनाएको छ ।

कर्णालीमा शुक्रबारसम्म ४८९ मा कोरोना सङ्क्रमण देखिएको छ भने दुई जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको