Like us!
Follow us!
Connect us!
Watch us!

इटलीलाई पनि जित्याे भारतले, एकदिनमै थपिए १० हजार संक्रमित

निशा हुमाँगाई

शनिबार, २४ जेठ २०७७, १४ : १७ मा प्रकाशित

इटलीलाई पनि जित्याे भारतले, एकदिनमै थपिए १० हजार संक्रमित

अर्थ संसार, काठमाडौं – विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणमा भारतले इटलीलाई पनि जितेको छ । विश्वमै धेरै संक्रमित भएका देशहरुको सूचीमा छैटौ अग्रपंक्तिमा रहेको इटलीलाई उछिनेर अहिले भारत छैटौ अग्रपंक्तिमा पुगेको हो ।

भारतमा अहिले कुल संक्रमितको संख्या २ लाख ३६ हजार ६५७ पुगेको अधिकारीहरुले जनाएका छन् । इटलीमा भने अहिलेसम्म दुई लाख ३४ हजार ५३१ जना कोरोना भाइरस संक्रमित रहेका छन् । कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या भने भारतमा भन्दा इटलीमा अत्यधिक धेरै रहेको छ । भारतमा अहिलेसम्म ६ हजार ६४२ को मृत्यु भएको छ भने इटलीमा ३३ हजार ७७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

भारतका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ८८७ जना संक्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा २९४ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । भारतमा संक्रमित भएका मध्ये १ लाख १४ हजार ७३ जना संक्रणमुक्त भएर अस्पतालबाट घर फर्किएका छन् ।

त्यस्तै, देशभरी संक्रमित मध्ये सबैभन्दा धेरै महाराष्ट्रमा राज्यमा रहेको छ । त्यहाँ कुल ८० हजार २२९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । ती मध्ये ४२ हजार २२४ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । दोस्रो स्थानमा रहेको तमिलनाडू राज्यमा कुल २८ हजार ६९४ जना संक्रमित भएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । -  (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको