Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंका चार जनामा कोरोना संक्रमण पुष्टि

निशा हुमाँगाई

शनिबार, २४ जेठ २०७७, १७ : १९ मा प्रकाशित

काठमाडौंका चार जनामा कोरोना संक्रमण पुष्टि

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (शनिबार) काठमाडौंका चार जनामा कोरोना संक्रमण पुष्टि भएकाे जानकारी दिएकाे छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौंका दुई जना महिला र दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएकाे जानकारी दिएका हुन् । संक्रमितमध्ये २१ र ३५ वर्षीय महिला र ३६ र ४६ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै, भक्तपुर कमलविनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको डा. देवकोटाले बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको