Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनालाई जितेर फर्किए थप ३२ जना संक्रमित

निशा हुमाँगाई

शनिबार, २४ जेठ २०७७, १७ : २२ मा प्रकाशित

कोरोनालाई जितेर फर्किए थप ३२ जना संक्रमित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज (शनिबार) कोरोना भाइरसबाट संक्रमित थप ३२ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या ३६५ जना पुगेको छ । जसमध्ये २९१ जना पुरूष र ६६ जना महिला रहेका छन् । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३२ जना डिस्चार्ज भएका जानकारी दिएका हुन् । 

जनकपुर प्रादेशिक अस्पतालबाट १५ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेबाट ४ जना, सेती अस्पताल धनगढीबाट ६ जना र सुर्खेतबाट ७ जना गरी कुल ३२ जना डिस्चार्ज भएका डा. देवकोटाले बताएका छन् ।

त्यसैगरी, हालसम्म नेपालमा कोरोना संक्रमणबाट १३ जनाकाे मृत्यु भएकाे छ भने संक्रमितकाे संख्या ३ हजार २ सय ३५ जना पुगेकाे छ ।

5edb8075c3682.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको