Like us!
Follow us!
Connect us!
Watch us!

साढे २ महिनामा तोलामै १० हजारले बढ्यो सुन, कति छ तोलाको ?

निशा हुमाँगाई

आइतबार, २५ जेठ २०७७, १३ : १० मा प्रकाशित

साढे २ महिनामा तोलामै १० हजारले बढ्यो सुन, कति छ तोलाको ?

अर्थ संसार, काठमाडौं – विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरस (काेभिड-१९) ले गर्दा विगत साढे दुई महिनादेखि नताेकिएकाे सुनकाे मूल्य आजबाट निर्धारण हुन थालेको छ । 

सअघि अर्थात मूल्य ताेकिएकाे अन्तिम दिन चैत्र १० गते तोलाको ७७ हजार कायम रहेकाे सुनकाे मूल्य आज (आइतबार) प्रतितोला १० हजार रूपैयाँले बढेर ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ९ सय ६० रूपैयाँ ताेकिएकाे छ ।

त्यसैगरी, आइतबार चाँदीकाे मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेर प्रतिताेला ९ सय २५ रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ । महासंघले आजबाट नियमित रुपमा मूल्य तोकिने र आंशिक रुपमा सुन पसल खोल्ने पनि जानकारी दिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको