Like us!
Follow us!
Connect us!
Watch us!

थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

निशा हुमाँगाई

आइतबार, २५ जेठ २०७७, १० : ३६ मा प्रकाशित

थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

अर्थ संसार, काठमाडौं - नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । आइतबार बिहान गण्डकी प्रदेशमा ३८ जना कोरोना सङ्क्रमित थपिएका हुन् । याे सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितकाे संख्या ११३ पुगेको छ ।

कोरोना पुष्टि हुनेमा बागलुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २९ र २६ वर्षीय तथा एक जना उमेर नखुलेका पुरुष र ढोरपाटन नगरपालिकाका २६ वर्षीय एक पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको छ ।

स्याङ्जाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षीय तथा भिरकोट नगरपालिका ४५ वर्षका पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, गोरखाको पालुङटार नगरपालिकाका १७ वर्षका पुरुष र गण्डकी नगरपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २१ र २३ वर्षीय गरी १० जनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी, नवलपरासी बर्दाघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाका २०, ३५, ३५ र ४५ वर्षका चार जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको