Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा कोरोनाले दैनिक भयानक रूप लिँदै

निशा हुमाँगाई

आइतबार, २५ जेठ २०७७, १३ : ४७ मा प्रकाशित

भारतमा कोरोनाले दैनिक भयानक रूप लिँदै

अर्थ संसार, काठमाडौं – भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको दैनिक संख्या बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरुले आइतबार सार्वजनिक गरेको विवरण अनुसार एकैदिनमा झण्डै दश हजार जना सङ्क्रमित भेटिएका छन् ।

त्यसैगरी गएको २४ घण्टामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या पनि २८७ रहेको अधिकारीहरुले जनाएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने विवरणमा पछिल्लो विवरणमा नै सबैभन्दा धेरै सङ्क्रमित देखिएका हुन् ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या दुई लाख ४६ हजार ६२८ पुगेको छ । कुल सङ्क्रमितमध्ये एक लाख २० हजार ४०६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी कुल मृतकको संख्या छ हजार ९२९ पुगेको छ भने एक लाख १९ हजार २९३ जना सङ्क्रमण मुक्त भइसकेका छन् ।

भारतका सबै प्रदेशहरुमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा सङ्क्रमित भेटिएका छन् । जहाँ ८२ हजार ९६८ जना सङ्क्रमित भएका छन् । त्यसैगरी दोस्रो धेरै सङ्क्रमित भएको तमिलनाडु प्रदेशमा कुल ३० हजार १५२ जना सङ्क्रमित भएका छन् । - (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको