Like us!
Follow us!
Connect us!
Watch us!

फेरिए स्वास्थ्य मन्त्रालयका प्रवक्ता

निशा हुमाँगाई

आइतबार, २५ जेठ २०७७, १६ : ४८ मा प्रकाशित

फेरिए स्वास्थ्य मन्त्रालयका प्रवक्ता

अर्थ संसार, काठमाडौं – डा. विकास देवकोटा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताबाट हटेका छन् । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले देवकोटाको स्थानमा डा जागेश्वर गौतमलाई ल्याएका हुन् ।

यसैगरी, देवकोटालाई मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी दिइएको छ ।  मन्त्री ढकालले बिहीबार परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट डा गौतमलाई मन्त्रालय सरुवा गरेका थिए । मन्त्रालयमा आएका डा गौतमलाई समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी दिइएको हाे । 

त्यस्तै, मन्त्री ढकालले बिहीबार स्वास्थ्य सेवा विभागका महानिर्देशकलगायत महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर गरेका थिए । यसै साता अन्य महाशाखा र अस्पताल प्रमुखको समेत जिम्मेवारी हेरफेर हुने तयारी गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको