अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज (आइतबार) कोरोना भाइरसबाट संक्रमित थप १०२ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या ४६७ जना पुगेको छ । जसमध्ये १०० जना पुरूष र २ जना महिला रहेका छन् ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार एकैदिन थप १०२ डिस्चार्ज भएका जानकारी दिएका हुन् ।
धरानबाट झापाका १२ जना, कलैया अस्पताल बाराबाट ३४ जना, युनिफाइड कोभिड अस्पताल बलम्बु काठमाडौंबाट महोत्तरीका एक जना, गौर नर्सिङ होमबाट रौतहटका १८ जना, बुटवलबाट २७ जना र दाङ कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना डिस्चार्ज भएका डा. देवकोटाले बताएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस