Like us!
Follow us!
Connect us!
Watch us!

५ दिनसम्म क्वारेन्टिन बनाएपछि रुसको अस्पतालमा डाक्टर र बिरामीसहित ७ सय जनामा कोरोना संक्रमण

अर्थ संसार

सोमबार, २६ जेठ २०७७, ०९ : ३७ मा प्रकाशित

५ दिनसम्म क्वारेन्टिन बनाएपछि रुसको  अस्पतालमा डाक्टर र बिरामीसहित ७ सय जनामा कोरोना संक्रमण

एजेन्सी । रुसको एक अस्पतालमा स्वास्थ्यकर्मी र त्यहाँ रहेका सबै बिरामीमा कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ । अस्पतालमा रहेको ७ सय जना सबैमा कोरोना भाइरसको संक्रमण भएको हो ।


रुसको पिटर्सबर्गस्थित भ्रेडन अस्पतालका चिकित्सकसहित सबै कर्मचारी र बिरामीमा कोरोना संक्रमण देखिएको बीबीसीले जनाएको छ । गत अप्रिलको सुरुमा एक जना बिरामीमा निमोनिया देखिएको थियो।  पछि ती व्याक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।

एक जनामा कोरोना पुष्टि भएसँगै पुरै अस्पताल क्वारेन्टिन बनाउँन भनिएको थियो । सबै मानिसलाई ५ साताका लागि त्यहीँ बस्न भनिएपछि अहिले त्यहाँ रहेका सबैमा कोरोना संक्रमण देखिएको हो ।

अस्पतालमा अहिलेसम्म कम्तीमा दुई चिकित्सक र दुई बिरामीको मृत्यु भएको छ। तर सेन्ट पिटर्सबर्गका अधिकारीले आधिकारिक तथ्यांक सार्वजनिक गरेका छैनन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको