Like us!
Follow us!
Connect us!
Watch us!

आईसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु

निशा हुमाँगाई

मंगलबार, २७ जेठ २०७७, १० : २१ मा प्रकाशित

आईसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु

अर्थ संसार, काठमाडौं – चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर नगरपालिका- ११ का ६८ वर्षीय पुरुषकाे मंगलबार बिहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु भएकाे अस्पतालले जानकारी दिएकाे छ । हाल उनको शव भरतपुर अस्पतालको आईसीयूमै रहेकाे छ ।

यसैगरी, उनलाई सोमबार साँझ नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सारिएकाे थियाे । उनमा मुट र निमोनियाको समस्या पनि रहेकाे थियो । ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको हाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको