Like us!
Follow us!
Connect us!
Watch us!

अब घरबाटै अनलाइन मार्फत लिनुहोस् सिटिजन लाइफको बीमा

निशा हुमाँगाई

मंगलबार, २७ जेठ २०७७, १३ : ०१ मा प्रकाशित

अब घरबाटै अनलाइन मार्फत लिनुहोस् सिटिजन लाइफको बीमा

अर्थ संसार, काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे जीवन बीमा घरबाटै अनलाइन मार्फत लिन सकिने भएकाे छ । 

कम्पनीले देशभर कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थीतिले गर्दा नेपाल सरकारद्धारा घोषणा गरिएको बन्दाबन्दीका कारण सबैजना घरैमा बस्नुपरेको अहिलेको परिस्थितिमा आफ्नो र आफ्नो परिवारको सुरक्षालाई पहिलो प्राथमिकतामा राखी आवश्यक सुरक्षा कदम चाल्नुपर्ने हालको परिस्थिती र  समयको आवश्यकता समेतले online मार्फत बिमालेख प्रस्ताव दाखिला गर्ने Software प्रणाली सञ्चालनमा ल्याएको हाे।

यस सुविधा अन्तर्गत अब सिटिजन लाइफको जीवन बीमा घरबाटै अनलाइन मार्फत लिन सकिनेछ । यसै क्रममा अनलाइन मार्फत बीमा पोलिसी खरिद गर्ने ग्राहकहरूलाई कम्पनीले धन्यवाद समेत प्रदान गरेको छ। 

त्यस्तै, बीमा योजना खरिद गर्नको लागि कम्पनीको वेबसाईट वा मोबाईलमार्फत लग इन (log in) गरी एजेन्ट पोर्टल (Agent Portal) अन्तर्गत गएर ग्राहकहरूको लागी इच्छाएको बीमा योजना अभिकर्ता मार्फत खरिद गर्न सकिन्छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको