Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना माहामारीको सामना गर्न अमेरिकाद्वारा नेपाललाई ६६ करोड सहयोग घोषणा

अर्थ संसार

मंगलबार, २७ जेठ २०७७, १४ : ०७ मा प्रकाशित

कोरोना माहामारीको सामना गर्न अमेरिकाद्वारा नेपाललाई ६६ करोड सहयोग घोषणा

अर्थ संसार, काठमाडौं । अमेरिकाले नेपाललाई ५५ लाख अमेरिकी डलर (करिब ६६ करोड रुपैयाँ )सहयोग गर्ने भएको छ । कोरोना माहामारीको सामना गर्न अमेरिकाले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसइआईडी) मार्फत आर्थिक सहयोगको घोषणा गरेको हो ।

नयाँ आर्थिक सहयोगसँगै नेपाललाई अमेरिकी सरकारले उपलब्ध गराएको कोभिड–१९ सहायता ७३ लाख डलर पुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । 

दूतावासले मंगलबार विज्ञप्ती जारी गर्दै भनेको छ, ‘यस सहायतामार्फत युएसएआईडीले नेपालमा यस सङ्कटका सहायक प्रभावहरूलाई सम्बोधन गर्नका निम्ति नेपाल सरकारसँग सहकार्य गर्नेछ। विद्यमान् साझेदारीका जगमा थप कार्य गर्दै अति प्रभावित पालिकाहरूभित्रका अति जरुरी आवश्यकतालाई सम्बोधन गर्नका लागि खास गरी उक्त सहायता रकमले साना नेपाली व्यवसायहरूको आर्थिक पुनरोत्थानका निम्ति अत्यावश्यक वित्त परिचालन गर्नेछ ।’

 ‘साथै, निजी क्षेत्रको लगानीबाट लाभ लिँदै उक्त सहायताले जोखिमयुक्त क्षेत्रमा स्थानीय सरकार तथा निकायहरूलाई कोभिड–१९ का आर्थिक–सामाजिक प्रभावसम्बन्धी मूल्याङ्कन, योजना तथा प्रतिकार्यसम्बन्धी कार्यमा सघाउनेछ।’ विज्ञप्तीमा उल्लेख छ ।

युएसएआईडीले स्थानीय स्तरीय जोखिम सञ्चार सञ्चालन, प्रयोगशाला प्रणालीको तयारी, केस पत्ता लगाउने कार्य तथा निगरानीको क्रियाशीलता र प्राविधिक विशेषज्ञहरूलाई प्रतिकार्य तथा पूर्वतयारीका निम्ति सहयोगका लागि समेत स्वास्थ्य सहायता प्रदान गरेको उसले जनाएको छ।

दुतावासले अमेरिका र नेपालको सम्बन्ध ७० वर्ष लामो रहेको बताएको छ । यो समयावधिमा नेपालको कृषि, स्वास्थ्य, शिक्षा तथा अन्य आर्थिक–सामाजिक क्षेत्रको विकासार्थ  अमेरिकाले १ अर्ब ५० करोड डलरभन्दा बढीको सहायता गरेको समेत दुतावासले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको