Like us!
Follow us!
Connect us!
Watch us!

तेस्रो त्रैमाससम्म शिखर इन्स्योरेन्सले भुक्तानी गर्याे सबैभन्दा धेरै दाबी रकम, अरू कुन कम्पनीको कति ?

निशा हुमाँगाई

मंगलबार, २७ जेठ २०७७, १४ : १७ मा प्रकाशित

तेस्रो त्रैमाससम्म शिखर इन्स्योरेन्सले भुक्तानी गर्याे सबैभन्दा धेरै दाबी रकम, अरू कुन कम्पनीको कति ?

अर्थ संसार, काठमाडौं – १५ वटा निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासकाे वित्तिय विवरण सार्वजनिक गरेका छन् ।

तेश्रो त्रैमाससम्म आइपुग्दा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा धेरै अर्थात १ अर्ब २६ करोड रूपैयाँ बराबरकाे दाबी रकम भुक्तानी गरेकाे छ । कम्पनीले ९ हजार ४६० जनालाई उक्त रूपैयाँ बराबरकाे दाबी रकम भुक्तानी गरेको हो ।

यसैगरी, उक्त विवरण अनुसार तेश्रो त्रैमाससम्म आइपुग्दा १५ वटा निर्जीवन बीमा कम्पनीले ५९ हजार ५ सय ९८ जनालाई कुल ७ अर्ब ४४ करोड रूपैयाँ बराबरकाे दाबी रकम भुक्तानी गरेका छन् ।

त्यसैगरी, चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १५ वटा निर्जीवन बीमा कम्पनीले ३८ हजार ६४१ जनालाई ११ अर्ब ३४ करोड रूपैयाँ बराबरकाे दाबी रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

१५ वटा निर्जीवन बीमा कम्पनीहरूकाे दाबी रकमकाे विवरण तल उल्लेख गरिएकाे छ :

5edf4bd591577.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको