Like us!
Follow us!
Connect us!
Watch us!

लक्षण बिनाका संक्रमितबाट कोरोनाभाइरस फैलने खतरा कम : डब्लूएचओ

अर्थ संसार

मंगलबार, २७ जेठ २०७७, १७ : १५ मा प्रकाशित

लक्षण बिनाका संक्रमितबाट कोरोनाभाइरस फैलने खतरा कम : डब्लूएचओ

एजेन्सी । कोरोना भाइरसको संक्रमण भएका तर कुनै पनि लक्षण नदेखिएका मानिसबाट अर्काेमा संक्रमण हुने खतरा कम रहेको छ ।

 विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बिना लक्षण (एसिम्टोमेटिक) भएका कोरोना संक्रमितबाट भाइरसको संक्रमण फैलिने सम्भावना कम रहेको बताएको हो । 

यसअघि विभिन्न स्वास्थ्य सरोकारवालाहरुले कोरोना भाइरसको संक्रमण भएका तर लक्षण नदेखिएका मानिसरुबाट संक्रमण फैलिने सम्भावना निकै बढी रहेको जनाइएको थियो । विश्व स्वास्थ्य संगठनले समेत यसअघि त्यस्ता संक्रमितकबाट बढी संक्रमण फैलिरहेको जनाएको थियो 

यद्यपी अहिले विभिन्न तथ्यांकहरुले बिना लक्षणका संक्रमितबाट संक्रमण फैलिने सम्भावना न्युन देखिएको संगठनले जनाएको छ । महामारीको शुरुवातमा लक्षण नभएपनि कोरोनाभाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण हुने प्रमाण फेला परेको थियो । 

यद्यपी डब्लूएचओकी महामारी विशेषज्ञ डा मारिया भान केर्खोभेले सोमबार लक्षण नभएका बिरामीबाट पनि कोरोनाभाइरस फैलन सक्ने भए पनि विश्वभरमा बढ्दै गएको संक्रमणको कारण उनीहरु नभएको बताएकी छन्। 

उनका अनुसार युवा तथा स्वस्थ मानिसमा संक्रमणको लक्षण नदेखिने र देखिए पनि हल्कामात्र देखिने बताइन् । डा मारियाका अनुसार लक्षण नदेखिएका बिरामीका बारेमा थप अध्ययन र तथ्यांक आउन जरुरी रहेको कुरा पनि औँल्याइन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको