Like us!
Follow us!
Connect us!
Watch us!

कोराेना विरूद्ध लड्न नबिल बैंकद्वारा आर्थिक सहयोग प्रदान

निशा हुमाँगाई

मंगलबार, २७ जेठ २०७७, १८ : १३ मा प्रकाशित

कोराेना विरूद्ध लड्न नबिल बैंकद्वारा आर्थिक सहयोग प्रदान

अर्थ संसार, काठमाडौं – कोभिड–१९ को रोकथाम र उपचारको लागि नबिल बैंकले लिमिटेडले आर्थिक सहयोग प्रदान गरेकाे छ । बैंकका संचालक तथा कर्मचारीहरूले नेपाल सरकारको कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा २६ लाख २८ हजार ८ सय ६७ रूपैयाँ योगदान गरेका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल, संचालक उपेन्द्र प्रसाद पौड्याल र मानव संशाेधन प्रमुख रोशन कोइराला पनि उपस्थित थिए ।

कोराना भाइरस महामारी विरूद्धको लडाइमा व्यक्तिगत तवरले पनि राष्ट्रलाई सहयोग गर्नुपर्छ भन्ने मनशायले बैंकका संचालक तथा कर्मचारीहरूले कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा योगदान गरेको शाहले उल्लेख गरेका छन् । बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले नबिल बैंकले स्वास्थ्य क्षेत्रमा कुनै पनि महामारी विरूद्ध लड्न निरन्तर सहयोग गर्ने धारण व्यक्त गरेका छन् । साथै, उनले यस्तो योगदान रकमको सदुपयोग हुने विश्वास व्यक्त गर्दै सहयोग गर्ने संचालक समिति सदस्य र बैंकका कर्मचारीहरूलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

त्यसैगरी, बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत केन्द्रिय तथा प्रादेशिक सरकारहरूलाई महामारी विरूद्धको लडाइमा निरन्तर सहयोग जारी राख्ने जानकारी समेत गराएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको