Like us!
Follow us!
Connect us!
Watch us!

इन्भेष्टमेन्ट बैंकले इटालीको अदालतमा सीएमसीसँगकाे मुद्दा जित्यो

अर्थ संसार

बुधबार, २८ जेठ २०७७, ०७ : १२ मा प्रकाशित

इन्भेष्टमेन्ट बैंकले इटालीको अदालतमा सीएमसीसँगकाे मुद्दा जित्यो

अर्थ संसार, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले एमसीसीविरुद्ध इटालीको अदालत परेको मुद्दा जितेको छ। बैंकले कोपरेटिभ मुराटोरी एण्ड केमेन्टिस्टी (सीएमसी)सँग काउन्टर बैंक ग्यारेन्टी विवादमा मुद्दा जितेको हो।

सँग तनहुँ हाइड्रोपावर निर्माणको ठेक्का पाएको इटलियन कम्पनी सीएमसीलाई दिइएको 

तनहुँ हाइड्रोपावर निर्माणको ठेक्का सीएमसीले पाएको थियो । कम्पनीले बीचैमा काम छोडेर हिँडेपछि लेनदेनको विवाद अदालतसम्म पुगेको थियो।

बैंकको पक्षमा भएको  फैसलामा अदालतले नेपाल इन्भेष्टमेन्ट बैंकलाई २ अर्ब ५ करोड नेपाली रुपैंयाँ फिर्ता गर्न सीएमसीलाई भनेको छ। अदालतको पूर्ण इजालासले उक्त फैसला सुनाएको हो। इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योति पाण्डेका अनुसार सीएमसीले हालेको यो मुद्दामा पहिला एक जना न्यायाधीश रहने एकल इजलासले बैंक विपक्षमा फैसला गरेको थियो।

 बैंक उक्त फैसलामा पुनरावलोकनको लागि अपिल गरेको थियो। पछि ३ जना न्यायाधीशको पूर्ण इजलासले बैंकको पक्षमा फैसला गरेको छ। सो फैसला अनुसार बैंकले ८५ करोड १४ लाख १६ हजार १२७ नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार यूरो गरी कुल २ अर्ब ५ करोड रुपैयाँ फिर्ता पाउनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको