Like us!
Follow us!
Connect us!
Watch us!

काेरोना सङ्क्रमित गर्भवती महिलाको सफल शल्यक्रिया

अर्थ संसार

बुधबार, २८ जेठ २०७७, ०८ : ४० मा प्रकाशित

काेरोना सङ्क्रमित गर्भवती महिलाको सफल शल्यक्रिया

अर्थ संसार, काठमाडौं । अछामकी कोरोना सङ्क्रमित महिलाको शल्यक्रिया सफल भएको छ । अछामको बयलपाटा अस्पतालमा उपचार असम्भव भएपछि सोमबार हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएकी २५ वर्षीया गर्भवती महिलाको मङ्गलबार दिउँसो शल्यक्रिया सफल भएको हो ।

अस्पतालका उपनिर्देशक डा दिनेश श्रेष्ठले १८ हप्ताकी गर्भवती ती महिलाको बेरिएको आन्द्राको शल्यक्रिया गरिएको हो । डा प्रदीप थापा, डा आशिष भट्टलगायतको टोलीले शल्यक्रिया गरेको हो ।

महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अछाम चोरकोट गाउँपालिका–५ निवासी गर्भवतीसमेत रहेकी ती महिलाको अछामको बयलपाटा अस्पतालमा अवस्था बिग्रिएपछि सोमबार हेलिकोप्टरबाट कोहलपुर ल्याइएको थियो ।

भारतबाट आएर क्वारेन्टिनमा रहेको अवस्थामै बिरामी भएकाले नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि शिक्षण अस्पताल कोहलपुरको बहिरङ्ग विभाग र आपातकालीन कक्षलाई सोमबार रातिदेखि नै पूर्णरुपमा बन्द गरिएको थियो ।

उपचारमा संलग्न चिकित्सक, नर्स र सहयोगीसहित १४ जनालाई क्वारेन्टिनमा राखिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको