Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा अब्बल बन्दै अरुण काबेली

निशा हुमाँगाई

बुधबार, २८ जेठ २०७७, १२ : १६ मा प्रकाशित

नाफामा अब्बल बन्दै अरुण काबेली

अर्थ संसार, काठमाडौं – अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीकाे नाफामा उल्लेख्य सुधार आएकाे छ ।

तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४ करोड ५३ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीकाे खुद नाफा १ लाख ५० हजार रुपैयाँ रहेकाे थियो । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर २२ करोड १ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ । गत कार्तिक २३ गतेदेखि काबेली बी–१ जलविद्युत आयोजनाबाट २५ मेघावाट विद्युत उत्पादन गरी बिक्री गर्न थालेपछि यसको नाफामा उल्लेख्य सुधार आएकाे हाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी  १ अर्ब ५० करोड रुपैयाँ, जगेडा कोषमा २ करोड ९८ लाख ५१ हजार रूपैयाँ, प्रतिशेयर आम्दानी ४ रुपैयाँ ०३ पैसा र प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ९९ पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5ee081bed99f6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको