Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा एकैदिनमा थपिए झण्डै १० हजार संक्रमित

निशा हुमाँगाई

बुधबार, २८ जेठ २०७७, १३ : ०६ मा प्रकाशित

भारतमा एकैदिनमा थपिए झण्डै १० हजार संक्रमित

अर्थ संसार, काठमाडौं – भारतमा एकैदिनमा झण्डै दश हजार जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९८५ जना संक्रमित भएको पुष्टि भएको हो ।

यो सँगै भारतमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ५८३ जना पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा २७९ जनाको मृत्यु भएको जनाएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ७ हजार ७४५ पुगेको छ ।

यसैगरी, भारतमा अहिले पनि एक लाख ३३ हजार ६३२ जना संक्रमित अवस्थामै रहेका छन् भने सङ्क्रमण मुक्त भएकाहरुको संख्या एक लाख ३५ हजार २०५ रहेको मन्त्रालयले जनाएको छ ।

कोराना भाइरसको संक्रमण भारतमा सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिँदै आएको छ । महाराष्ट्रमा मात्रै बुधबारसम्म ९० हजार ७८७ जना सङ्क्रमित भएका छन् । दोस्रो धेरै संक्रमित भएको तमिलनाडु प्रदेशमा भने ३४ हजार ९१४ जना सङ्क्रमित रहेका छन् ।

त्यस्तै, मेडिकल रिसर्च परिषद्का अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ४५ हजार २१६ जनाको कोरोना परिक्षण गरिएको छ । भारतमा अहिलेसम्म ५० लाख ६१ हजार ३३२ जनाको कोरोना परिक्षण गरिएको छ । -  (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको