अर्थ संसार, काठमाडौं - आज (बुधबार) अहिले २ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक शुरू भएकाे छ । आजको बैठकमा जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने बारेमा छलफल हुँदैछ ।
लकडाउनका कारण जनजीवन कष्टकर हुँदै गएपछि सरकारले यसको स्वरूप परिवर्तन गर्ने भएको हाे ।
त्यस्तै, कोरोना भाइरस रोकथाम उच्चस्तरीय समिति र कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले लकडाउन खुकुलो बनाउने बारेको छुट्टाछुट्टै रणनीति मन्त्रिपरिषदमा पेश गरेका छन् ।
गत चैत ११ गतेदेखि जारी लकडाउनका कारण जनजीवन, व्यापार व्यवसायमा प्रभाव परेपछि लकडाउनको शैली परिवर्तन सरकारमाथि चर्को दवाव परेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस