Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुरमा सडकमा बगेको पानीले बगाएर ट्रक चालक बेपत्ता

अर्थ संसार

बुधबार, २८ जेठ २०७७, २० : १३ मा प्रकाशित

भक्तपुरमा सडकमा बगेको पानीले बगाएर ट्रक चालक बेपत्ता

अर्थ संसार, काठमाडौं । भक्तपुरको चुनदेवीमा ढलले बगाएर ट्रक चालक बेपत्ता भएका छन् । आधा घण्टा परेको मुसलधारे बर्षाले सो स्थान पूरै जलमग्न भएको थियो । सोही बेला सडकमा बगेको ढलले चालकलाई बगाएको हो ।

ढलले बगाउँदा सिन्धुली रानीचुरी घर भै हाल मकवानपुर हेटौडा लामसुरे बस्ने बर्ष ५७ को नरबहादुर रावत बेपत्ता  भएका हुन् । उनी ना ६ ख १६१६ नम्वरको एलपी ट्रकका चालक हुन् ।

बेपत्ता चालकको खोजी कार्य जारी रहेको पनि सूचना अधिकृत गिरीले जानकारी दिनुभयो । अरनिको राजमार्ग अन्तर्गत ६ लेन सडक पाण्डुबजार चोक र सल्लाघारी चोकको बिचमा पर्ने चुनदेवी बसस्टपमा बाटोको ढलमा बगेको पानीले ती चालकलाई बगाएको हो ।

सो स्थानको सर्भिस ट्रयाकको बाटो पूरै जलमग्न भएको ठाउँमा सल्लाघारीबाट सूर्यबिनायक तिर आउँदै गरेको एल पी ट्रकका चालक गाडीबाट झरेर बाटोमा पानीको गहिराई नाप्दै जाँदा पानीले बगाएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको