Like us!
Follow us!
Connect us!
Watch us!

धेरैजसाे क्षेत्रहरु आजबाट खुला, हेर्नुहाेस् सुचि

अर्थ संसार

विहीबार, २९ जेठ २०७७, ०८ : १६ मा प्रकाशित

धेरैजसाे क्षेत्रहरु आजबाट खुला, हेर्नुहाेस् सुचि

अर्थ संसार, काठमाडाैँ, २९ जेठ । सरकारले आजबाट लक डाउन खुकुलो बनाउँने भएको छ । लकडाउनको सहजीकरण गर्न बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन खुकुलो पार्न केही निर्णयहरु गरेको हो ।


सरकारले जनजीवन सहज बनाउन लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो । बैठकले पहिलो चरण अनुसार नै आजबाटै लागू हुने गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पसलहरु खोल्ने दिने निर्णय गरेको छ ।

 

आजबाट खुल्ने सेवा र कार्यहरू :

१) स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत
२) औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी
३) पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण
४) फोहोरमैला व्यवस्थापन
५) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा
६) बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा
७) सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य
८) कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य
९) उत्पादनशील उद्योग
१०) निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय
११) विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)
१२) निर्माण कार्य (निजीसमेत)
१३) नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण
१४) रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा
१५) क्वारेन्टिनका लागि तोकिएका होटल
१६) बिजुलीका सामान बिक्री र मर्मत
१७) विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप
१८) पुस्तक पसल तथा स्टेसनरी
१९) सबै प्रकारका ढुवानी सेवा
२०) अत्यावश्यक सेवाका कार्यालय
२१) अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको