Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार एकैदिन कोरोनालाई जितेर फर्किए थप १८७ संक्रमित

निशा हुमाँगाई

विहीबार, २९ जेठ २०७७, १७ : ०४ मा प्रकाशित

बिहीबार एकैदिन कोरोनालाई जितेर फर्किए थप १८७ संक्रमित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज (मंगलबार) कोरोना भाइरसबाट संक्रमित थप १८७ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या ८६१ जना पुगेको छ । जसमध्ये ७७४ जना पुरूष र ८७ जना महिला रहेका छन् । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसनमा उपचाररत १८७ जना निको भएर घर फर्किएका जानकारी दिएका हुन् । जसमध्ये १७९ जना पुरूष र ८ जना महिला रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको