Like us!
Follow us!
Connect us!
Watch us!

मोर्डनाले जुलाइदेखि ३० हजार मानिसमा कोभिड-१९ विरूद्बको खोप परीक्षण गर्दै

अर्थ संसार

शुक्रबार, ३० जेठ २०७७, ०९ : १९ मा प्रकाशित

मोर्डनाले जुलाइदेखि ३० हजार मानिसमा कोभिड-१९ विरूद्बको खोप  परीक्षण गर्दै

एजेन्सी। अमेरिकाको औषधि उत्पादक कम्पनी मोर्डनाले जुलाई देखि कोरोनाविरुद्धको औषधिको व्यापक परीक्षण गर्ने भएको छ । कम्पनीले अहिलेसम्म गरिएको दुई चरणले सकारात्मक नतिजा दिएको जानकारी दिएको छ । 

मोर्डर्ना कम्पनीले बिकास गरिरहेको खोपले पहिलो र दोस्रो सकारात्मक नतिजा दिएको दावी गर्दै अब तेस्रो चरणको परिक्षणको तयारी भइरहेको जानकारी दिएको हो । त्यसका लागि ३० हजार मानिस खोप लिन तयार रहेको जनाएको छ ।

पहिलो पटक बिकास हुँदै गरेको यो औषधि प्रयोगपछि कोरोना भाइरस सँगै गम्भीर रोग लाग्नबाट जोगाउने र मानिसलाई अस्पताल जान पर्ने अवस्था नआउने बनाउनु प्रमुख उदेश्य राखेर यसको बिकास भैरहेको कम्पनीले उल्ल्लेख गरेको छ । साथै अन्तिम चरणको परीक्षणका लागि १०० ग्राम डोजको खोप बनाइएको मोदेर्नाले जनाएको छ ।

यो डोजले व्यक्तिको प्रतिरोधात्मक क्षमता बढाउने र गम्भीर साइड इफेक्ट्स नहुने जनाइएको छ । सफल भए प्रतिवर्ष खोपको ५० करोड डोज आपूर्ति गर्ने गरी उत्पादन हुने जनाएको छ ।

मार्डनाले स्विस औषधि उत्पादक लोन्जासँगको सहकार्यमा औषधि बिकास गर्ने काम गरिरहेको छ । सम्भव भए अमेरिकाले यहि वर्षको अन्त्यसम्ममा १ अर्ब खोपको डोज उत्पादन गर्ने लक्ष्य राखेको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको