Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पहिलो पटक संयुक्त राष्ट्र संघको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा

अर्थ संसार

शुक्रबार, ३० जेठ २०७७, १५ : ३८ मा प्रकाशित

नेपाल पहिलो पटक संयुक्त राष्ट्र संघको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा

अर्थ संसार, काठमाडौं । नेपाल पहिलो पटक संयुक्त राष्ट्र संघको महासभाको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा निर्वाचित भएको छ। महासभामा ६ वटा मुख्य कमिटीमध्ये आर्थिक तथा वित्तीय कमिटीमा पहिलो पटक नेपाल निर्वाचित भएको हो ।

राष्ट्र संघका लागि स्थायी प्रनिनिधि अमृत राई  नेपालकातर्फबाट पहिलो पटक सर्वसम्मतिले निर्वाचित भएका हुन्।  राई अध्यक्षमा निर्वाचित भएको कमिटीले दिगो विकास, गरिबी उन्मूलन, व्यापार, विकासका लागि वित्त, विश्वव्यापीकरण, अन्तर्र्राष्ट्रिय वित्तीय प्रणाली, विकासका लागि सूचना तथा प्रविधि, जलवायु परिवर्तन, प्रकोप साथै अल्पविकसित देशले सामना गरेको समस्या हेर्ने गर्छ।

‘राष्ट्र संघमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका सकारात्मक भूमिका निर्वाह गर्नका लागि यो महत्वपूर्ण अवसर हो’ विज्ञप्तिमा भनिएको छ।

नेपालले राईको नाम अध्यक्षमा अनुमोदन गर्ने एसिया प्रशान्त समूह र नेपालप्रति विश्वास व्यक्त गर्नेहरूप्रति धन्यवाद व्यक्त गरेको छ । राष्ट्रसंघका छ कमिटीमध्ये पहिलो कमिटीमा निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा, तेस्रोमा सामाजिक, मानवीयता तथा सांस्कृतिक, चौथोमा विशेष राजनीति तथा गैर औपनिवेशीकरण, पाँचौमा प्रशासनीक तथा बजेट र छैटौंमा कानुन कमिटी हुन्छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको