Like us!
Follow us!
Connect us!
Watch us!

जसपाले संविधान संशोधनको पक्षमा मतदान गर्ने

अर्थ संसार

शुक्रबार, ३० जेठ २०७७, १७ : ४० मा प्रकाशित

जसपाले संविधान संशोधनको पक्षमा मतदान गर्ने

अर्थ संसार, काठमाडौं । जनता समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्ने भएको छ । जसपाको शुक्रबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

लिम्पयाधुरासहितको भूभागलाई समेटिएर अध्यावधिक गरिएको नेपालको नक्सा निशान छापमा राख्न संविधानको अनुसूची ३ संशोधन गरिँदैछ। पार्टी पदाधिकारीहरुले  संशोधनको पक्षमै मतदान गर्ने भएका हुन् ।

सो प्रस्तावमाथि प्रतिनिधिसभामा शनिबार मतदान हुने कार्यक्रम छ। ‘जनता समाजवादी पार्टी नेपालको आज बसेको पदाधिकारी बैठकले नेपालको संविधानको अनुसूची ३ संशोधन गर्न संसदमा प्रस्तुत गरिएको नेपालको संविधान संशोधन गर्न बनेको विधेयकमा पक्षमा मतदान गर्ने निर्णय गरेको छ,’ सो दलका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले भने।

सोही पार्टीकी सांसद सरिता गिरीले भने सरकारी विधेयक खारेजीको माग गर्दै प्रस्ताव दर्ता गराएकी छन् । तर, जसपाले प्रस्ताव फिर्ता नलिए उनलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

गिरीले नेपालको नयाँ नक्साका विषयमा आपत्तिजनक र विवादित बयान दिँदै आएकी छन् । उनीमाथि कारबाही गर्न उनकै संसदीय दलले पत्र पठाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको