Like us!
Follow us!
Connect us!
Watch us!

कर विवाद : सर्वोच्च अदालतविरुद्ध सरकारले दर्ता गर्याे पुनरावलोकन निवेदन

अर्थ संसार

शुक्रबार, ३० जेठ २०७७, १९ : ५२ मा प्रकाशित

कर विवाद : सर्वोच्च अदालतविरुद्ध सरकारले दर्ता गर्याे पुनरावलोकन निवेदन

अर्थ संसार, काठमाडौं - सर्वोच्च अदालतमा बन्दाबन्दी  खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै सरकारले भ्याकेट (पुनरावलोकन निवेदन) दर्ता गरेको  छ ।

महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतले बुधबार दिएको सो अन्तरिम आदेश खारेजीको माग गर्दै आज भ्याकेटको निवेदन दर्ता भएको हो । भ्याकेट निवेदनमा सरकारको आम्दानीको मुख्य स्रोत नै राजश्व भएको र राजश्व सङ्कलन नहुँदा कर्मचारीको तलबदेखि सबै काम रोकिने भएको भएकाले गत चैतसम्मको कर अनलाईमार्फत बुझाउन भनिएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो । 

सरकारले साना व्यवसायीबाट नभई मूल्यअभिवृद्धि कर र अन्तःशुल्क  कर मात्र अनलाईनामार्फत बुझाउन भनिएको निवेदनमा उल्लेख छ । सर्वोच्च अदालतको आदेशले राजश्व सङ्कलनमा अवरोध भई अर्थतन्त्रमा गम्भीर सङ्कट पर्र्ने भएकाले उक्त आदेश खारेजी गर्न निवदेनमा माग गरिएको छ । 

 आन्तरिक राजश्व विभागले २०७६ साल फागुनसम्म बुझाउनुपर्ने कर जेठ २५ गतेभित्र बुझाउन सूचना जारी गरेको थियो तर बन्दाबन्दीको अवस्थामा बुझाउन नसक्ने भनेर आलोचना भएपछि सरकारले आगामी असार ७ र १५ गतेसम्मका लागि म्याद दिएको थियो । बुधबारको सर्वोच्चको उक्त निर्णय कार्यान्वयन गर्न सरकारका लागि अन्तरिम आदेश जारी गरिएको थियो । सोही आदेश खारेज गर्न सरकारले निवेदन दिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको