Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणको दोस्रो लहर देखिन थाल्यो : विश्व स्वास्थ्य संगठन

अर्थ संसार

शनिबार, ३१ जेठ २०७७, ०६ : ४७ मा प्रकाशित

कोरोना संक्रमणको दोस्रो लहर देखिन थाल्यो : विश्व स्वास्थ्य संगठन

अर्थ संसार, काठमाडौं । विश्वका विभिन्न देशहरुमा कोरोना भाइरस माहामारीको दोस्रो लहर देखिन थालेको छ । विश्व स्वास्थ्य संगठन  (डब्लूएचओ)ले यसबारे चिन्ता व्यक्त गरेको छ ।

लकडाउन, समाजिक दुरी जस्ता मापदण्डहरु सुरुमा कायम गरेर पछि लापरबाही गर्दै गएका मुलुकमा माहामारीको दोस्रो लहर देखिन थालेको डब्लुएचओले जनाएको छ ।

डब्लूएचओका कार्यकारी निर्देशक डा माइकल रायनले भने, ‘विश्वका धेरै देश अहिले पनि कोरोना महामारीको पहिलो लहरमै छन्।’ युरोप, दक्षिण पूर्व एसिया, उत्तर अमेरिकाका केही देशमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको छ। केही देशले कोरोनाबाट बढ्दो संक्रमण तथा मृत्यु रोक्न लकडाउन लागू गरेका छन्।

उनले भने, ‘तर अहिले केही देशमा संक्रमणका घटना पुनः देखा पर्न थालेका छन्, जुन संक्रमणको दोस्रो लहर हुन सक्छ। अर्को शब्दमा, त्यहाँ यो रोग पूर्ण रूपमा समाप्त भएको छैन, भाइरस केही समयका लागि मत्थर भएको थियो, तर अब यसले फेरि आफ्नो खुट्टा उचाल्दै छ।’

यस्तै महानिर्देशक डा‍। टेड्रोस एडहनम ग्रेबियससले कोरोनासँगको लडाइँ नसकिएको उल्लेख गर्दै उनले यो भाइरसप्रति अति संवेदनशील नबने पुनः उल्टिएर यसले आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।

नेपालमा समेत लकडाउन खुकुलो पारिएको छ । यद्यपी न्युन परीक्षण र अव्यवस्थित स्वास्थ्य सुविधाका कारण जोखिम बढेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको