Like us!
Follow us!
Connect us!
Watch us!

पाँच वर्षीय बालकको मृत्युपछि कोरोना संक्रमण पुष्टि

अर्थ संसार

शनिबार, ३१ जेठ २०७७, १३ : २२ मा प्रकाशित

पाँच वर्षीय बालकको मृत्युपछि कोरोना संक्रमण पुष्टि

अर्थ संसार, काठमाडौं । पाँच वर्षीय बालकको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएका बाराका पाँच वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको हो।

शुक्रबार उपचारका क्रममा उच्च ज्वरोसहित अस्पताल भर्ना भएका बालकको मृत्यु भएको र आज आएको पीसीआर रिपोर्टमा संक्रमण देखिएको वीरगञ्ज हेल्थ केयर अस्पताल पुष्टि गरेको हो।

अस्पतालका निर्देशक डाक्टर आनन्दकुमार झाले बालकको भेन्टिलेटरमा राखेर उपचार गरेपनि बचाउँन नसकिएको बताए। अस्पतालका अनुसार शुक्रबार बिहान साढे ११ बजे उपचारका क्रममा ल्याउँदा दुई पटक गरिएको आरटीडी परीक्षणमा नै बालकको पोजिटिभ देखिएको थियो।

 त्यसपछि आइसोलेसनसहित भेन्टिलेटरमा राखेर उपचार गर्दा शुक्रबार साँझ ४ बजे ती बालकको निधन भएको हो।

आज पीसीआर रिपोर्ट पनि पोजिटिभ आएपछि शव नेपाली सेनालाई हस्तान्तरण गरिसकेको अस्पतालले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको