Like us!
Follow us!
Connect us!
Watch us!

२० महिने बालकसहित २२ जनाले जिते कोरोना

निशा हुमाँगाई

शनिबार, ३१ जेठ २०७७, १५ : ३१ मा प्रकाशित

२० महिने बालकसहित २२ जनाले जिते कोरोना

अर्थ संसार, काठमाडौं – दैलेखमा २० महिने बालकसहित २२ जनाले कोरोना जितेका छन् ।

जिल्लाको सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालय तरताङ आइसोलेशन वार्डमा उपचाररत २२ जनाले कोरोना जितेका हुन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखिएका उनीहरुले कोरोना जितेसँगै शुक्रबार घर फर्किएका हुन् । दोस्रोपटक गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएका अधिकांशले दुई हप्ता र केहीले २० दिनमा कोरोना जितेर घर फर्किएका छन् । यो सँगै दैलेखमा कोरोना जित्नेको सङ्ख्या २६ पुगेको छ । कोरोना जितेर फर्किने सबै भारतबाट आएका हुन् ।

रोगको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको दैलेख अस्पतालका प्रमुख डा निरञ्जन पन्तले जानकारी दिएका छन् । स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत तथा कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार नारायण नगरपालिका वडा नं २ का २१ र ४१ वर्षीय पुरुष, वडा नं ३ का १९, ३०, ३० र ३० वर्षीय पुरुष तथा वडा नं ४ का २० महिनाको बालक एंव २५, २५ र ४० वर्षीय पुरुषले कोरोना जितेका हुन् ।

यसैगरी, वडा नं ६ का २७ वर्षीय पुरुष, वडा नं ८ का २०, २० र २८ वर्षीय पुरुष, वडा नं ९ का २० र ५० वर्षीय पुरुष, वडा नं १० का १७, १७, २० र २३ वर्षीय पुरुष तथा वडा नं ११ का १८ र २७ वर्षीय पुरुषले कोरोना जितेको फोकल पर्सन रेग्मीले बताएका छन् । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको