अर्थ संसार, काठमाडौं – नेपाल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी वृत्त गौशालालाई ६० थान फ्लोरेसेन्ट ज्याकेट प्रदान गरेको छ ।
नेपाल बैंक लिमिटेड बागमती प्रदेशका प्रदेश प्रमुख सुन्दर पन्थीसहितको उपस्थितिमा प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतलाई आज सो सामग्री हस्तान्तरण गरिएको हो ।
प्रदेश प्रमुख पन्थीले आम जनताको सुरक्षार्थ अहोरात्र खटिरहेको र प्रहरी हाम्रो साथी भएको कुरा सो वृत्तले प्रस्तुत गरेको बताएका छन् । प्रहरी नायब उपरीक्षक बस्नेतले रात्रिकालीन समयमा प्रहरी जवान मैदानमा खटिनुपर्ने र फ्लोरोसेन्ट ज्याकेटको अभावमा प्रहरी जवानको दुर्घटना भई मृत्युसमेत भएको हुँदा सो सहयोगले उत्साह मिल्ने बताएका छन् । 
बैंकले नेपाल सरकारको कोरोना रोकथाम तथा उपचार कोषमा पनि रकम प्रदान गरिसकेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जनाएका छन् । - रासस
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस