Like us!
Follow us!
Connect us!
Watch us!

युरोपेली नागरिकले ६ महिनाभित्र कोरोनाविरुद्धको खोप पाउने

अर्थ संसार

आइतबार, ३२ जेठ २०७७, ०६ : ३३ मा प्रकाशित

युरोपेली नागरिकले ६ महिनाभित्र कोरोनाविरुद्धको खोप पाउने

अर्थ संसार, काठमाडौं । धेरै जसो युरोपेली मुलुकका नागरिकहरुले आउँदो छ महिनाभित्र कोरोना भाइरसविरुद्धको खोप पाउँने भएका छन् । यसका लागि इटाली, जर्मनी, फ्रान्स र नेदरल्यान्डले बेलायतको बायो फर्मास्युटिकल्स कम्पनी एस्ट्राजेनेकासँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।


सम्झौता अनुसार एस्ट्रोजनले युरोपियन संघमा आबद्ध देशका जनताका लागि आउँदो डिसेम्बरसम्म ४० करोड डोज खोप उपलब्ध गराउने छ । शनिवार यस्तो सम्झौता भएको जर्मन सरकारले जनाएको छ। 

 
उत्पादक कम्पनी एस्ट्राजेनेकाले यही वर्ष (सन् २०२०) को अन्तिमसम्म पहिलो चरणको खोप वितरण सुरु भइसक्ने जनाएको छ। कम्पनीका प्रमुख एक्जिक्युटिभ पास्कल सारियोले भनेका छन्, ‘सबै थोक सही भयो भने युरोपका करोडौं नागरिकले यो खोप पाउने निश्चित छ।’

यो खोपको पछिल्लो नाम एजेडडी१२२२ राखिएको कम्पनीले जनाएको छ। इटालीका स्वास्थ्यमन्त्री रोबर्टो स्पेरन्जाले पनि आफ्नो फेसबुकमार्फत खोप उपलब्ध गराउने विषयमा सम्झौता भएको जानकारी दिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको