Like us!
Follow us!
Connect us!
Watch us!

आधाभन्दा बढी कोरोना संक्रमित निको भए

अर्थ संसार

आइतबार, ३२ जेठ २०७७, ०८ : ०८ मा प्रकाशित

आधाभन्दा बढी कोरोना संक्रमित निको भए

अर्थ संसार, काठमाडौँ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेमध्ये आधाभन्दा बढी निको भइसकेका छन् । अहिलेसम्म विश्वभर कोरोना संक्रमित संख्या ७८ लाख ५९ हजार नाघेको भने झण्डै ४० हजार बढी निको भइस्केका छन् ।


विश्वभर कोरोना भाइरसबाट ४ लाख ३२ हजारभन्दा बढीको मृत्यु भएको छ । छ । शनिबार मात्रै विश्वभर १ लाख २८ हजार नयाँ संक्रमित थपिएका थिए भने ४ हजार ३९ जनाको मृत्यु भएको छ ।

तर मृत्यु हुनेको तुलनामा निको हुने दर तीव्र रूपले बढिरहेको छ । विश्वभर सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म ५१ प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १ लाख ७८० जना संक्रमुक्त भएको वर्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

अहिलेसम्म कोरोनाभाइरसलाई जितेर घर फर्कनेको संख्या ४० लाख  हजार ३५ नाघेको छ । सबैभन्दा धेरै संक्रमित तथा मृत्यु संख्या र निको हुनेको संख्या अमेरिकामा रहेका छन् । अहिलेसम्म त्यहाँ २१ लाख ४२ हजारभन्दा बढी मानिस संक्रमित हुँदा ८ लाख ५४ हजारभन्दा बढी निको भएका छन् । तर १ लाख १७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

उता ब्राजिलमा ८ लाख ५० हजारभन्दा बढीमा सङ्क्रमण देखिएकोमा ४ लाख ३७ हजारभन्दा बढी मानिस निको भइसकेका छन् । ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अमेरिकापछि दोस्रो बढी रहेको छ । त्यहाँ अहिलेसम्म ४२ हजार हजार ७९१ जनाले ज्यान गुमाइसकेका छन् ।

यसैगरी रूस र भारतमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । तर त्यहाँ मृत्युदर कम र निको हुने दर बढी छ । रूसमा अहिलेसम्म ५ लाख २० हजारभन्दा बढी मानिसमा संक्रमण फैलिएकोमा २ लाख ७४ हजारभन्दा बढी निको भइसकेका छन् । भारतमा पनि ३ लाख २१ हजारभन्दा बढी मानिस संक्रमित भएकोमा १ लाख ६२ हजारभन्दा बढी निको भइसकेका छन् । तर भारतमा अहिलेसम्म कोरोनाबाट ९ हजार १९९ को मृत्यु भइसकेको छ भने रूसमा ६ हजार ८२९ जनाको मृत्यु भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको