Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यका आवत जावतमा अझै कडाई, के-के चाहिन्छ कागजात ? (सूचीसहित)

निशा हुमाँगाई

आइतबार, ३२ जेठ २०७७, १६ : ४३ मा प्रकाशित

उपत्यका आवत जावतमा अझै कडाई, के-के चाहिन्छ कागजात ? (सूचीसहित)

अर्थ संसार, काठमाडौं - काठमाडौं उपत्यका आवत जावतमा अझै कडाई गरिने भएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्र आउने र बाहिरिनेका लागि अनिवार्य पास लिनुपर्ने व्यवस्था गरेको हाे ।

आइतबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिर जानेले अत्यावश्यक कार्यका लागि प्रयोजन खुल्ने विवरण पेश गर्नुपर्ने जानकारी गराएकाे छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेठ २८ गते बसेको मन्त्रिपरिषद्को निर्णय र जेठ ३० गतेको गृहको निर्देशनअनुसार उक्त सूचना प्रकाशित गरेको हो । 

यसैगरी, अबदेखि व्यक्तिगत अत्यावश्यक कार्यका लागि प्रयोजन खुल्ने कागजसहितको निवेदन, सरकारी वा संस्थागत कामका लागि सम्बन्धित संस्थाको सिफारिस सहितको निवेदन जिप्रका काठमाडौंमा पेश गर्नुपर्ने उक्त सूचनामा उल्लेख गरिएकाे छ ।

त्यस्तै, अब उप्रान्त उपत्यका बाहिरबाट आउनेका लागि आफू बस्ने पालिकाको अनुमति अनिवार्य गरिएको छ । यसअघि आएर बस्ने पालिकाको अनुमति आवश्यक थिएन तर गृह मन्त्रालयको स्विकृति भने अनिवार्य थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको