Like us!
Follow us!
Connect us!
Watch us!

भोलिदेखि मोटरसाइकलमा पनि जोरविजोर प्रणाली लागू

अर्थ संसार

आइतबार, ३२ जेठ २०७७, १९ : ५६ मा प्रकाशित

भोलिदेखि मोटरसाइकलमा पनि जोरविजोर प्रणाली  लागू

अर्थ संसार, काठमाडौं । भोलिबाट मोटरसाइकलमा पनि जोरविजोर प्रणाली लागु हुने भएको छ । आइतबार गृह मन्त्रालयले दुई पांग्रेमा पनि जोरविजोर प्रणाली लागु हुने पुष्टि गरेको हो ।

यसअघि गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्नेमा अन्योरहेको थियो ।आइतबार गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर प्रणाली लागू हुने र चालकमात्र यात्रा गर्न पाउने व्यबस्थाको निर्देशन दिएको हो । 

त्यस्तै चारपाँग्रेमा पनि चालक सहित तीन जना  यात्रा गर्न पाउने व्यवस्था भएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बताएका छन् ।

यसैगरी काठमाडौं उपत्याकाका तीन जिल्ला बाहेक अन्य जिल्लाहरुमा एक जिल्लाबाट अर्को जिल्लामा आवात जावतमा भने रोक लगाइएको गृहमन्त्रालयले जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको