Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा लकडाउन निकै खुकुलो, आजबाट सपिङ मल पनि खुल्ने

अर्थ संसार

सोमबार, ०१ असार २०७७, ०८ : ३३ मा प्रकाशित

काठमाडौंमा लकडाउन निकै खुकुलो, आजबाट सपिङ मल पनि खुल्ने

अर्थ संसार, काठमाडौं । देशभर लकडाउनल खुकुलो हुँदै गएको छ । यसबीच राजधानी काठमाडौंमा पनि लकडाउन निकै खुकुलो हुँदै गएको छ । 


काठमाडौंका ठूला किनमेल केन्द्र मानिने सपिङ मल पनि आज (असार १)बाट खुला हुनेभएका छन् । सुरक्षा व्यवस्था अपनाएर व्यवसायीले आजदेखि काठमाडौंका सपिङ मल खोल्ने भएका हुन् । 


सिभिल मल, सिटी सेन्टर, आरबी कम्प्लेक्स, बीजी मल, रञ्जना, पिपल्स प्लाजा, विशाल बजार, ताम्राकार कम्प्लेक्स, आइप्लेक्स कम्प्लेक्स र केएल टावरस्थित व्यापार संघले संयुक्त विज्ञप्ति जारी गरी आजदेखि मल सञ्चालन गरिने बताएका छन् । उनीहरूले यसको बोधार्थ नेपाल राष्ट्रिय व्यापार महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघलाई दिएका छन् ।

चैत ११ गतेदेखिको लकडाउनका कारण देशभरको बन्दाबन्दीले ठूलो आर्थिक संकट बढ्दै गइरहेको छ । यसबी व्यावसायीहरुले भाडा एवं कर तिर्न समेत समस्या हुनेभन्दै सुरक्षा मापदण्ड अपनाएर मल खोल्ने बताएका हुन् ।

यसअघि न्युरोडका मल एवं सीटीसी मल पनि खुल्ने निर्णय त्यहाँको वडा कार्यालयले गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको