अर्थ संसार, काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले श्रमिक सूचना बैंक स्थापना गर्ने घोषणा गरेका छन् ।
सरकारको नीती तथा कार्यक्रम अनुसार आर्थिक वर्ष ०७७–०७८ को वार्षिक बजेटमा समेत रहेको कार्यक्रम अनुसार श्रमिक सूचना बैंक स्थापना गर्ने कार्य अगाडी बढेको छ ।
श्रमिक बैंक स्थापना गरी कार्यान्वयन गर्नका लागि मन्त्रालयले विज्ञ समुह गठन गरी कार्य प्रारम्भ गरेको छ । कृषि लगायत श्रम आर्जन गर्न सक्ने जनशक्तिहरू के–कति संख्यामा रहेका छन्, के कस्ता ज्ञान, शीप हासिल गरेका रहेछन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् भन्ने बारे एकत्रित जानकारी उपलब्ध गराउने उदेश्यले श्रमिक बैंकको स्थापना गर्न लागेको मन्त्री यादवले बताएका छन् ।
विकास र औद्योगिकरणले गति लिँदै गर्दा मौजुदा श्रमिकको पर्याप्तता सुनिश्चित गर्न र श्रमिक बैंकको स्थापनाले श्रमिकको सम्रग व्यवस्थापनमा मद्दत पुर्याउने भएकोले श्रमिक बैंकको आवश्यता रहेको मन्त्री यादवले प्रष्ट पारेका छन् ।
त्यस्तै, मंगलबार मन्त्रालयको बैठक हलमा मन्त्री यादवको उपस्थितीमा विज्ञ टोलीले श्रमिक बैंकको कार्यान्वयनबारे प्रस्तुतिकरण गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस