Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना भाइरसबाट जीवन बचाउने पहिलो औषधि भेटियो

अर्थ संसार

मंगलबार, ०२ असार २०७७, २० : २१ मा प्रकाशित

कोरोना भाइरसबाट जीवन बचाउने पहिलो औषधि भेटियो

एजेन्सी । कोरोना भाइरसविरुद्ध एक नयाँ ओषधिले काम गर्ने देखिएको छ । सस्तो र आम रूपमा पाइने डेक्सामेथासोन नामक औषधिले गम्भिर अवस्थामा रहेका संक्रमितको ज्यान जोगाउन सक्ने बेलायती वैज्ञानीकहरुले बताएका हुन् ।

कोरोना भाइसविरुद्धको उपचारका लागि थुप्रै औषधिको अनुसन्धान गरिएको थियो । त्यसक्रममा कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिले भेन्टीलेटरमा राखिएका बिरामीको मृत्यु हुने दर एक तिहाइले घटाउने र अक्सिजन दिइएका पाँच मध्ये एक बिरामी जोगाउन सक्ने देखिएको छ ।

यो औषधि सुरुदेखि नै बेलायतमा पाइएको भए अहिलेसम्म ५ हजारको ज्यान जोगिने स्थिती रहेको वैज्ञानीकहरुले बताएका छन् । यो औषधिको मूल्य पनि सस्तो रहेको र यसले उच्च सङ्ख्यामा कोभिड-१९ का बिरामीहरू देखिएका गरिब देशहरूलाई ठूलो राहत दिनसक्ने ठानिएको छ।

मृत्युदर घटाउनमा यो औषधिले राम्रो परिणाम देखाएको छ । यो पूरानो र सस्तो औषधि पनि भएका कारण गरिब देशहरुका लागि राहत बन्ने बेलायती विज्ञहरुले बताएका छन् ।

डेक्सामेथासोनलाई सन् १९६० देखि नै दम देखि रूमटोइड आर्थ्राइटिसको उपचारका लागि प्रयोग गर्ने गरिएको छ। अक्सफोर्ड विश्वविद्यालयको नेतृत्वमा यो औषधि २ हजार अस्पतालमा रहेका संक्रमितलाई दिएर परीक्षण गरिएको थियो । यसबारे थप अनुसन्धान भएर छिट्टै नै प्रयोगमा आउने बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको