Like us!
Follow us!
Connect us!
Watch us!

६.१ प्रतिशतले घट्यो रेमिट्यान्स

निशा हुमाँगाई

बुधबार, ०३ असार २०७७, ०७ : १८ मा प्रकाशित

६.१ प्रतिशतले घट्यो रेमिट्यान्स

अर्थ संसार, काठमाडौं – चालु आर्थिक वर्षको १० महिनासम्ममा नेपाल भित्रिने विप्रेषण आप्रवाह (रेमिट्यान्स) ६.१ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । गत वर्षकाे यसै अवधिसम्ममा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकले मंगलबार एक तथ्यांक निकाल्दै समीक्षा अवधिमा विप्रेषण आप्रवाह मार्फत नेपालमा करिब ६ खर्ब ८० अर्ब ८४ करोड रूपैयाँ भित्रिएकाे जानकारी दिएकाे छ ।

यसैगरी, अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो । 

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ । गत वर्षकाे यसै अवधिसम्ममा याे संख्या ३६.८ प्रतिशतले घटेको थियो । 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ। गत वर्षकाे यसै अवधिसम्ममा यस्तो संख्या ५.८ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको १० महिनामा खुद ट्रान्सफर आयमा ६.५ प्रतिशतले कमी आएर ७ खर्ब ७२ अर्ब ५१ करोड कायम भएको छ । गत वर्षकाे यसै अवधिसम्ममा यस्तो आय १९.४ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेकाे तथ्यांक यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको